बागमती प्रदेशमा श्रम बजार परियोजना



हेटौंडा, (नेस)

बागमती प्रदेशस्तरीय श्रम बजार सचिवालय परियोजनाको घोषणा भएको छ । परियोजनाका टिमलिडर चन्द्रकान्त अधिकारीका अनुसार परियोजनाले स्थलगतरुपमा विस्तृत अध्ययन गरेर श्रमिकको तथ्यपरक अभिलेख तयार गर्ने र सरकारी निकायलाई योजना तर्जुमाका लागि अभिलेख महत्वपूर्ण दस्तावेज हुनेछ ।

श्रम बजारको मागअनुसार रोजगारदाता संघले समन्वयात्मकरुपमा श्रम बजार सूचना सम्बन्धी कार्यक्रम सञ्चालन गर्न परियोजना शुरु गरिएको परियोजनाकार अधिकारीले बताउनुभयो । परियोजनाले राष्ट्रिय पेशागत वर्गीकरण मापदण्ड विकास गर्ने, श्रम बजार सूचना प्रणाली विकास गर्ने, प्राविधिक शिक्षा तथा व्याबसायिक तालिमसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकताअनुसार सीपयुक्त जनशक्ति विकास गर्ने जस्ता कार्य गर्ने अधिकारीले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख प्रसाईंले निजी क्षेत्रसँग ८० प्रतिशत भन्दा बढी रोजगारी प्रदान गर्ने क्षमता रहेको जिकिर गर्दै सचिवालय परियोजनाले प्रदेशमा श्रमिकको उपलब्धता, उद्योगको आबश्यकता, आवश्यक तालिम र रोजगारी सुनिश्चितताका लागि काम गर्ने तयारी गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

नेपालमा २ लाख ४१ हजार साना तथा ठूला उद्योग छन् । जसमा २६ लाखभन्दा बढी रोजगारी रहेको बताइएको छ । नेपालका उद्योगमा सम्बन्धित दक्षजनशक्ति नभएकाले छिमेकी राष्ट्रबाट मगाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्