‘दिइसकें यो जीवन’ सार्वजनिक



गायक एचबी सुनार र मञ्जु उपासनाको युगल स्वरको गीत ‘दिइसकें यो जीवन’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शान्त गोविन्द महर्जनको शब्द र एचबी सुनारकै संगीत रहेको डान्सिङ शैलीको गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा नायक पुष्प खड्का र टिकटक हिट मोडल गीता ढुंगानाको नृत्य र अभिनय रहेको छ । शिशिर श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन र अमृत चापागाईको सम्पादन रहेको छ । सुनारका यसअघि दर्जनांै गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्