सल्यानका दसवटै स्थानीय तहमा शैक्षिक प्रोफाइल र शैक्षिक योजना बन्ने



न्युज अफ नेपाल, सल्यान ।

सल्यानका सबै स्थानीय तहले शैक्षिक प्रोफाइल र शैक्षिक योजना बनाउने भएका छन् । हाल सम्मको विद्यमान अवस्थालाई बृहत रूपमा समेटेर शैक्षिक प्रोफाइल बनाउने भएका हुन । प्रोफाइल बनाएपछि पालिकाको शिक्षाको दीर्घकालीन लक्ष्य हासिल हुने गरी पालिका शिक्षा योजना बनाइने दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख शेर प्रसाद ढकालले बताउनु भयो ।

शिक्षा क्षेत्रमा स्थानीय तहले हासिल गरेका महत्वपूर्ण उपलब्धिलाई समेटेर विभिन्न शैक्षिक सूचकमा पालिकाको अवस्था झल्किनेगरी पार्शवचित्र बनाउन लागिएको उहाँले बताउनु भयो ।

शारदा नगरपालिकामा शिक्षा सँग सरोकार राख्ने सबैको सल्लाह बमोजिम योजना बनाउँने र वार्षिक रूपमा कति लक्ष्य हासिल भयो भनेर लेखोजोखा गर्ने परिपाटी समेत शारदा नगरपालिकाका शिक्षा शाखा प्रमुख लिलाधर बबालले बताउनु भयो ।

नेपाल सरकारले यसै आर्थिक वर्ष देखि सल्यान जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागू गरेपछि कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको आयोजनामा कार्यक्रम भएको हो ।

जिल्ला शिक्षा समिति सल्यानका अध्यक्ष तथा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केस बहादुर विष्टले जग बलियो भएमा शिक्षाको आधार बलियो हुने भएकोले प्रारम्भिक कक्षाको पढाइ सुधारका लागि स्थानीय तहले बनाउने नीति केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमले जिल्लामा एकिकृत पाठ्यक्रममा आधारित प्रारम्भिक पढाइ कार्यक्रम सम्बन्धी शिक्षक तालिम, स्थानीय तहको शिक्षा शाखाको प्रणाली सुधार, शिक्षकको पेशागत सहयोग तथा कोरोना को समयमा शैक्षिक क्रियाकलाप सम्बन्धी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्