‘प्रतिनिधि सभा विघटनको बिरोध गर्नेहरु देश बिरोधी हुन्’ : प्रधानमन्त्री ओली



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको बिरोध गर्नेहरु देश बिरोधी भएको बताएका छन् । आइतबार राजधानीामा
अपाङ्गता भएका व्यक्तिहरूको एक साक्षत्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छेहरू संविधान विरोधी, ती कराउने मान्छेहरू लोकतन्त्र विरोधी, देश विरोधी, ती कराउने मान्छेहरू जनविरोधी मान्छेहरू हुन्, जो कराइरहेका छन् ।’

उनले संसद विघटनको विरोध गर्नेहरु आफै नभई अरुको परिचालनमा कम गरिरहेको समेत बताए । पुष ५ गते मन्त्रिपरिषदको सिफरिसमा राष्ट्रपतिले संसद विघटनको निर्णय सदर गरेपछि राजनितीक कलह सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा नै दुई कित्तामा विभाजन भएको छ । यस्तै दैनिकजसो सडकमा नाराजुलुस भइरहेका छन् ।

कोरोना महामारीको बेप्रवाह गर्दै सरकारले निर्वाचनको मितिसमेत घोषणा गरेको छ । आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनमा करिब ८ अर्ब खर्च लाग्ने प्रक्षेपण अनुमान गरिएको छ ।

प्रतिनिधिसभा विघटनबिरुद्धका रिट उपर सर्वोच्च अदालतको संबैधानिक इजलासमा निरन्तर सुनुवाई भइरहेको छ । यसैबीच राजनितिक दलहरु अन्योलमा छन् कतिपय दलहरुले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिने आशामा छन् भने कांग्रेस राप्रपाहरु चुनावमा जान पनि तयार रहेका देखिन्छन् । यद्यपी प्रधानमन्त्री ओली र ओली निकट नेताहरु चुनाव जसरी भएरै छाड्ने दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्