बन्दुकधारीको आक्रमणमा परी ६ सर्वसाधारणको मृत्यु



A view of the damage at the scene of a bomb blast at the market in Kuje in Abuja, Nigeria, October 3, 2015. At least 15 people were killed and 41 injured in two suicide bomb attacks late on Friday on the outskirts of Nigeria’s capital Abuja, officials said. In Friday’s attacks, one of the bombs went off near a police station in the satellite town of Kuje, not far from the capital’s airport. REUTERS/Afolabi Sotunde

लागोस ।

नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ ।सरकारद्वारा नियन्त्रित दुई ओटा इलाकामा भएको यस आक्रमणमा परी छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ ।

उक्त बन्दुकधारीहरुले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताउनु भएको छ । यस घटनाको अनुसन्धान शुरु भएको अरुवानले बताउनु भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा वर्षौदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्