धमाधम सडकको स्तरोन्नति गर्दै वीरगन्ज महानगरपालिका



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाकाले जीर्ण अवस्थामा रहेका सडकहरुको स्तर उन्नती गर्न थालेको छ । यी क्रममा गएको शुक्रबारबाट निर्माण सुरु भएको घण्टाघर देखि पावरहाउस चोक सम्मको पश्चिमी लेन बीरगन्ज महानगरपालिकाले कालोपत्रे गर्न लागेको हो ।

करिब १ दशमलभ ८ किलोमिटर खण्ड जीर्ण अवस्थामा पुगेपछि बीरगन्ज महानगरपालिकाले कालोपत्रे गर्न लागेको हो ।२ करोड ३ लाख रुपैयाँमा कालोपत्रे गर्ने ठेक्का सिद्धबाबा समा जेभी कन्स्ट्रक्सनले पाएको छ । सडक मर्मत सम्भार तथा कालोपत्रेको काम ४५ दिनभित्र सक्नुपर्ने गरी निर्माण कम्पनी र महानगरपालिकाबीच सम्झौता भएको छ । निर्माण कम्पनीले गत शुक्रबारदेखि नै पुरानो पिच उप्काएर काम सुरु गरिसकेको छ । सडकको खाल्डाखुल्डी पुर्नका लागि मात्रै महानगरपालिकाले वर्षेनी लाखौं खर्च गर्दै आएको थियो । गतवर्ष मात्रै घण्टाघरदेखि पावरहाउसम्मको सडक मर्मतमा १५ लाख खर्च भएको महानगरपालिकाले जनाएको छ ।

२०७५ सालको वैशाखमा सडक विभगले पनि सडक टालेको थियो । बीरगन्ज महानगरपालिकाका प्राविधिक महाशाखाका प्रमुख इन्जिनियर राकेश साहले सडकको बेस नै खराब भएकोले उप्काएर पिच गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सडक विभागले मर्मतका लागि चासो नदिएकोले महानगरकै खर्चमा कालोपत्रे गर्न लागिएको बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी बताउनुभयो । उहाँले सो सडक पिच बनेपछि महानगरपालिकाका अन्य जीर्ण सडकहरुको पनि स्तरउन्नतीको कार्य गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्