बसको ठक्करबाट एक पैदलयात्री घाइते



काठमाडौं । काठमाडौं त्रिभुवन विमानस्थल अगाडि बसको ठक्करले एक पैदलयात्री घाइते भएका छन् । बा५ख ४९५९ नम्बरको बसले चन्द्र बहादुर पुनमगर ठक्कर दिएको हो । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ ।

रुकुमपश्चिम घर भएका चन्द्र बहादुरको साथमा फेला परेको मतदाता परिचय पत्रको आधारमा प्रहरीले उनको पहिचान गरेको छ । उनी अचेत अवस्थामा छन् । बस चालकलाई नियन्त्रण गरिएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्