सिन्धुलीमा बोलेरो दुर्घटना हुदाँ एक जनाको मृत्यु, एक जना घाईते



न्युज अफ नेपाल, सिन्धुली ।

 विपी राजर्माग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिकामा शनिवार विहान बोलेरो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । बर्दिवासबाट काठमाडौं तर्फ जादै गरको ज१च १३५४ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुदाँ महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ कन्चनपुर ४१ बर्षिया बसन्त मुखियाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका मुखियालाई उपचारका लागि सिन्धुली अस्पताल ल्याएपनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा बोलेरो चालक धुनषा गोविन्दपुर –६ बस्ने अन्दाजी २२ बर्षिया सिजल यादव गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायवउपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते यादवलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्