भत्ता नलिन आग्रह



काठमाडौं, (नेस)

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक भत्ता नलिन आग्रह गर्नुभएको छ । बैठकमा सम्बोधन गरेर बाहिरिने क्रममा भत्ताको विषय उठान भएपछि प्रम ओलीले सबैको महत्वपूर्ण विषयमा कुनै पनि किसिमको भत्ता लिन नहुने बताउनुभएको थियो ।

‘यस्तो बैठकको भत्ता कसैले नलिऔं।’ –आयोगका अध्यक्षसमेत रहनुभएका प्रम ओलीले सबैलाई भन्नुभयो । अध्यक्षको भनाइलाई सबैले सहमति जनाएपछि पाँचौं बैठकमा कसैलाई पनि भत्ता उपलब्ध गराइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्