आत्महत्या गर्ने योजना छैन : नाभाल्नी



FILE PHOTO: Russian opposition leader Alexei Navalny speaks as he waits for a court hearing in a police station in Khimki outside Moscow, Russia January 18, 2021, in this still image from video obtained from social media. Courtesy of Instagram @NAVALNY/Social Media via REUTERS/Files/File Photo

मस्को,(एजेन्सी)।

रसियाको कारगारमा थुनिएका विपक्षी राजनीतिक नतो एलेक्सेइ नोभाल्नीले शुक्रवार आफ्नो कारगरमा आतमहत्या गर्ने कुनै योजना नरहेको सबैलाई जानकारी दिन चाहेको बताएका छन् । आफ्नो समर्थनमा हुन लागेको विरोध प्रदर्शनको क्रममा आफ्ना समथकहरुलाई सन्देश दिँदै उनले यो कुरा उल्लेख गरेका हुन् ।

रुसी सरकारले राष्ट्रपति भ्लादिमिर पुटिनका कटर आलोचक मानिने नोभाल्नीको समर्थनमा आयोजना हुने प्रदर्शनलाई अवैध ठहर गरेको छ । सैनिक स्तरको स्नायु प्रणालीमा असर पार्ने विषको संसर्गमा आएर विदेश पुगेका नाभाल्नीलाई आइतवार जर्मनीबाट फर्के लगत्तै मस्कोमा गिरफतार गरिएको थियो । ४४ वर्षिय वकिल नाभाल्नीले आफुलाई विष दिएर पुटिनले हत्या गर्न खोजेको आरोप लगाउने गरेका छन् । तर पुटिनले यस आरोपलाई ठाडै अस्विकार गर्ने गरेका छन् । अमेरिका लगायत युरोपेली संघले नाभाल्नीको बिना शर्त ततकाल रिहाइका लागि रुसी सरकारसंग आग्ह गरेका थिए ।

यसैबिच शनिवार रसियाका विभिन्न स्थानमा नाभाल्नीको समर्थनमा आयोजना भएका विरोध कार्यक्तमहरुबाट दर्जनौं प्रदर्शनकारीलाई गिरफतार गरिएको छ । यस अघि नै सरकारले नाभाल्नी समर्थित समुहहरुलाई कोभिड १९ संक्रमणको खतरा रहेको वर्तमान विषम परिस्थितीमा पनि भिड जम्मा गरी अपराधिक कााम गर्न लागेको भन्दै आलोचना गरेको थियो ।

सरकारले सबैलाई घर भित्रै बस्न गरिएको कडा आदेश उल्लंघन गरी प्रदर्शनमा भाग लिएको भन्दै प्रहरीले पुर्वी खावारोभ्स्क क्षेत्रमा विरोध सभामा हस्तक्षेप गरेको छ । प्रदर्शनको क्रममा नोभाल्नीका थुप्रै समर्थक लगायत एकजना वकल र महिला प्रवक्ता पनि पक्राउमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्