मेडिकोफ्युजनले दियो स्वास्थ्यकर्मीलाई तनाव पहिचान र व्यवस्थापन तालिम



यमलाल भुसाल, बुटवल ।

रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालले महामारीको समयमा अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई “तनाव पहिचान र व्यवस्थापन” तालिम प्रदान गरेको छ ।

क्लवले अलग-अलग रुपमा नर्स र प्यारामेडिक्सहरुलाई सो तालिम प्रदान गरेको हो । दैनिक पेशागत काम गर्दा स्वास्थ्यकर्मीलाई सामाजिक तथा पारिवारिक प्रभाव मात्र नभै कार्यस्थलमै धेरै तनाव हुने भएकाले त्यसको व्यवस्थापनको लागि तालिम दिइएको क्लबका अध्यक्ष्य डा. सन्तोष पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार व्यक्तिलाई तनाब भएको कसरी थाहा पाउने र सो बेला आफ्नो स्टाफ म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरामा तालिम केन्द्रित रहेको थियो ।

प्रशिक्षक मनोरोग बिशेषज्ञ रोटरियन डा। बिक्रम काफ्लेका अनुसार आफुलाई मात्र नभइ आफ्नो सहकर्मीहरुलाई पनि तनाब भए कसरी मद्दत गर्न सकिन्छ भन्ने बारेमा पनि तालिममा जानकारी गराइएको थियो ।

पहिलो चरणमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा गरिएको यो तालिम आगामी दिनमा अन्य स्वास्थ्य संस्थामा पनि क्रमिक रुपमा दिइने अध्यक्ष डा. पोख्रेलले जानकारी दिनुभयो ।

तालिममा सहभागी नर्स मनमाया थापाले तालीम निकै समयसापेक्ष र जीवनउपयोगी भएको बताउनु भयो । तालिमको बिषयबस्तु सामाग्री निर्माण स्वास्थ्य मन्त्रालय, कान्ति बाल अस्पताल, सिडब्लुआईएन र युनिसेफको समायोजनमा भएको हो

प्रतिक्रिया दिनुहोस्