निर्माणाधीन खानेपानी आयोजनाको पाइपमा आगलागी



न्युज अफ नेपाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमामा निर्माणाधीन शंकरनगर खानेपानी आयोजनाको पाइपमा आगलागी भएको छ ।

जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं ४सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाकोओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार मध्यान्ह आगलागी भएको हो ।

पाइपमा लागेको आगो बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।
आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । स्थानीयका अनुसार आगलागीबाट लाखौं मूल्यको पाइप जलेर नष्ट भएको छ ।

लामो समयदेखि स्टोर गरेर राखिएको पाइपमा कसरी र कसले आगो लगायो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक राठौरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्