थप २३२ जनामा कोरोना संक्रमण, ३८६ डिस्चार्ज, ८ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगैकोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप ३८६ जना डिस्चार्ज भएका छन् । योसँगै, कोरोना मुक्त हुनेको कुल संख्या२ लाख ६३ हजार ७३४ पुगेको छ । यस्तै, २४ घण्टामा थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १९ सय ९४ पुगेको छ ।

हालसम्म २० लाख ३८ हजार ८ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्