आफू ज्यूँदै रहेको प्रमाणित गर्न संघर्ष गर्दै जेनी



Jeanne Pouchain who, since November 2017, has been declared dead by the justice system after being convicted by the Prud’hommes, sits at her dining table on January 8, 2021, in Saint-Joseph. – In a judgment rendered on November 10, 2017, the social chamber of the Lyon Court of Appeal took for granted, wrongly, that Pouchain, implicated in an old labor dispute, was dead. Information of her death was provided during a labour dispute and the judges ruled against the alleged beneficiaries – the husband and son, who were absent at the hearing. “The complainant affirmed that Ms. Pouchain was dead, without proof, and everyone believed her. Nobody checked anything,” laments Sylvain Cormier, the lawyer for Pouchain. (Photo by JEAN-PHILIPPE KSIAZEK / AFP) (Photo by JEAN-PHILIPPE KSIAZEK/AFP via Getty Images)

युरोपेली मुलुक फ्रान्सकी नागरिक जेनी पाउचेनको समस्या निकै अनौठो तथा अद्वितीय नै छ । आधिकारिक कागजातमा उनको मृत्यु भैसकेको छ । तर आफू ज्यूँदै भएको प्रमाणित गर्नका लागि उनी संघर्ष गरिरहेकी छिन् । ५८ वर्षकी जेनी फ्रान्सको लोरे क्षेत्रमा पर्ने सेन्ट जोसेफ गाउँमा बस्दछिन् । उनीको हरेक दिन त्रासमा बित्ने गरेको छ र घरबाहिर निस्किन उनी डराउँछिन् ।

ऋण चुक्ता नगरेको भन्दै उनको कार समेत लिलाम भैसकेको छ, जसले उनको समस्या झनै बढाएको छ । कार पछि अब घरका फर्निचरहरु पनि लिलाम हुने डर उनलाई छ । आफ्ना पति तथा छोरासँग उनको संयुक्त बैंक खाता छ । तर सरकारी कागजातमा जेनीको मृत्यु भैसकेको छ । त्यसैले बैंक खातामा पैसा भए पनि त्यो खाता उनले चलाउन पाएकी छैनिन् ।

मृत घोषित भएकै कारण उनले अन्य धेरै सेवा सुविधाबाट पनि बञ्चित हुनु परेको छ । सन् २०१७ मा लियोन अदालतको फैसलाले उनलाई मृत घोषित गरेको थियो, तर उनको मृत्यु दर्ता प्रमाणपत्र पनि छैन । जेनीले पहिले काम गर्ने गरेको सफाइ कम्पनीसँगको कानूनी लडाइँको फलस्वरुप अदालतले उनलाई मृत घोषित गर्यो । २० वर्षअघि जागिर गुमाएकी उनले कम्पनीबाट क्षतिपूर्तिको माग गर्दै मुद्दा हालेकी थिइन् ।

तर उक्त मुद्दामा फैसला गर्ने क्रममा लियोनस्थित पुनरावेदन अदालतमा भएको त्रुटीले उनलाई उक्त कम्पनीका भूतपूर्व मृतक कर्मचारीको सूचिमा राखिदियो ।अदालतले सुनुवाइका क्रममा जेनी र उनका कुनै पनि साक्षी तथा आफन्तहरुलाई अदालतमा नबोलाएका कारण यस्तो गम्भीर त्रुुटी भएको बताइएको छ ।

जेनीका वकिलले गत सोमबार अदालतको ४ वर्षअघिको उक्त गम्भीर त्रुटीयुक्त फैसला खारेजीको माग गर्दै अदालतमा निवेदन पेश गरेका छन् । आफ्नो वकालत जीवनमा यस्तो घटना पहिलो पटक भएको उनको भनाइ छ ।

–एजेन्सी

प्रतिक्रिया दिनुहोस्