आठ, दश हजार मान्छे देखेपछि भुइँमा खुट्टा छैन, वास्तविक जनप्रदर्शन माघ २३ गते हेर्नु : ओली



न्युज अफ नेपाल, काठमाडौँ ।

शुक्रबारको जनप्रदर्शनलाई व्यंग्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आठ, दश हजार मान्छे देखेपछि प्रचण्ड नेपाल समूहको भुइँमा खुट्टा नभएको बताएका छन् ।

शुक्रबार ओली समूहले आयोजना गरेको पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माघ २३ गते वास्तविक जनप्रदर्शन देखाउने दावी गरेका छन् ।

‘आमसभा कस्तो हुन्छ २३ गते हेर्नुहोला। हामी त्यो बेला कास्टिङ गर्छौं। त्यसपछि साँच्चै जनप्रदर्शन कस्तो हुन्छ देखाउँछौं’,ओलीले भने।

केही हजार मान्छे खेरेर हौसिएर भाषण गर्दैमा जनप्रदशन नहुने आशय व्यक्त गर्दै ओलीले भने ‘आठरदश हजार मान्छे देखेपछि भुइँमा खुट्टै छैन। हौसिएर भाषण गरेको देख्दै थिएँ। उहाँहरू धाकधक्कु साना थिएनन्। कोही केपी ओलीलाई घुँडा टेकाइदिन्छु भन्दै थिए। कोही केपी ओली जस्तो भेंडासँग संगत गरेर के भो केहो आफ्नो त ब्वाँसोको मती जाँदै गएन। मलाई भेंडो भनेर आनन्द लाग्यो’,

प्रतिक्रिया दिनुहोस्