सिरम इन्स्टिच्युट अफ इन्डियामा भएको आगलागीबाट हजार करोडको आर्थिक क्षति



एजेन्सी ।

भारतको पुणेस्थित कोरोनाविरुको खोप निर्माण गरिरहेको सिरम इन्स्टिच्युट अफ इन्डियामा भएको आगलागीबाट हजार करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

सो आगलागीमा परी पाँच जनाको मृत्यु समेत भएको छ । आगलागीबाट हजार करोडभन्दा बढीको आर्थिक क्षति भएको जानकारी दिँदै कम्पनीका कार्यकारी अधिकृत (सीईओ) अदार पुनावाला भने , ‘यसको असर कोरोनाविरुद्ध खोप उत्पादनमा पर्दैन। हामीले धेरै कारखानाबाट खोप बनाइरहेका छौं। तर बीसीजी इन्जेक्सनको आपूर्ति प्रभावित हुन सक्छ। यस घटनाबाट ठूलो आर्थिक क्षति भयो।’

आगालगीमा परी ज्यान गुमाएका पाँच जनाको परिवारलाई जनही २५ लाख रुपैयाँ सहयोग गर्ने कम्पनीले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्