आज ३०२जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९८६ पुग्यो



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय ५८ जना क्वारेन्टाइनमा छन्।गत २४ घण्टामा ४ सय ८० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल १ सय ८५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ५४ जना आइसियु र ३१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।बागमती प्रदेशमा ५३ आइसियु र १९ भेन्टिलेटरमा, गण्डकीमा ६९ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २७ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा २ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्