६ महिना साढे ६ खर्बको आयात



काठमाडौं, (नेस)

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ खर्ब ६१ अर्ब २४ करोड रुपियाँभन्दा बढीको वस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ । यो गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशत न्यून हो ।
सोही अवधिमा ६० अर्ब ७९ करोड रुपियाँभन्दा बढी वस्तु निर्यात भएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले बढी हो । महिनाका आधारमा साउनमा ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब ४ करोड, असोजमा १ खर्ब १३ अर्ब ४३ करोड, कात्तिकमा १ खर्ब १० अर्ब २२ करोड, मंसिरमा १ खर्ब २३ अर्ब र पुसमा १ खर्ब ३५ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात भएको छ । नेपालमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा धेरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्