‘मायालु हजार हुन्छन्’ गायक केसीको अवसान



  • विदुर गिरी

राजादेखि प्रजासम्मबाट मन पराइएका ख्यातिप्राप्त गायक धु्रव केसीको निधन भएको छ। गायक केसीको उपचारका क्रममा भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा बिहीबार दिउँसो साँढे ४ बजे निधन भएको उनका अभिनेता, निर्माता तथा निर्देशक भतिज भुवन केसीले जानकारी गराए।

लालबहादुर खातीको शब्द र संगीतको अरू काले रेलको धुँवाले बोलको गीत शुरुमा ध्रुव र भुवन केसीको काकाभतिजले गाएका थिए।

७५ वर्षीय गायक लामो समयदेखि पार्किसन्सबाट पीडित थिए। उनी पार्किसन्सको उपचारका लागि केही दिनदेखि अर्किडमा थिए। ध्रुव आफ्नो जमानाको सुप्रसिद्ध गायक थिए। उनी कति लोकप्रिय थिए भने तत्कालीन राजा वीरेन्द्रसमेत उनको गायकीको खास फ्यान थिए।

ध्रुवको गीत सुन्न राजा वीरेन्द्रले उनलाई समय–समयमा नारायणहिटी राजदरबारमा बोलाउने गर्दथे। स्वरसम्राट स्व. नारायण गोपाल, प्रेमध्वज प्रधान, बच्चु कैलाश, तारादेवी, मीरा राणालगायत उनका समकालीन गायकगायिका थिए। ध्रुवले आफ्नो जीवनकालमा सयौं कालजयी गीत नेपाली गीत–संगीतलाई दिएका छन्।

अरू काले रेलको धुँवाले, मायालु हजार हुन्छ तर माया एउटै हुन्छ, जिउँदै मर्ने जिन्दगीमा व्यर्थै जिउन खोजें, बगीजाने खोला हो एकफेर सुनिदेउ, तिम्रो माया कागजको रंगीचंगी फूल जस्तो, केही नजाने जस्तो गरी अब छल्नु भो पर्दैन जस्ता उनका सयौं गीत रेडियो नेपालमा रेकर्ड भएका थिए। ‘उहाँका गीतहरु कुनै पनि स्रोताले भुल्न सक्दैन।’ –भुवन केसी भन्छन्।

लालबहादुर खातीको शब्द र संगीतको अरू काले रेलको धुँवाले बोलको गीत शुरुमा ध्रुव र भुवन केसीको काकाभतिजले गाएका थिए।स्व. केसीको परिवारमा रूपा, पिंकी र क्विनी गरी ३ छोरी छन्। उनको बिहीबार नै जेठी छोरी रूपाले अन्तिम संस्कार गरेकी छिन्। दुई बहिनी पिंकी र क्विनी भारतमा भएकाले रूपाले उनलाई दागबत्ती दिएको भुवनले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्