मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान



बनेपा । निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ अनुसार बुधबारदेखि जिल्ला निर्वाचन कार्यालय काभ्रेले आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ ।

निर्वाचन आयोगले नयाँ मतदाता नामावली सङ्कलनको कामलाई स्थगित गर्दै मतदाताको नामावलीलाई अध्यावधिक, मतदानस्थल र केन्द्रलाई राजनीतिक दल र स्थानीय सरकारको आवश्यक सल्लाह सुझावका आधारमा संशोधन अगाडि बढाएको जनाइएको छ । यससँगै जिल्लामा पनि कार्यालयले छलफल आयोजना गरेको छ ।पहिलो चरणको काम मतदानस्थल, केन्द्रको अवस्था र स्थानीय तहबाट आएको औपचारिक पत्रसहितको सुझावका आधारमा छलफ

ल गरी निर्वाचन आयोगमा सिफारिस गर्ने काम अगाडि बढाएको कार्यालयका निर्वाचन अधिकारी उमेशकुमार राईले जानकारीदिनुभयो । “आयोगको निर्देशन अनुसार नयाँ मतदानस्थल बनाउन नमिल्ने तर भएकोलाई अवस्था र मतदाताको समस्यालाई ध्यानमा राखेर राजनीतिक दल र स्थानीय तहको सुझावको आधारमा निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेका छौं”, उहाँले भन्नुभयो,“उहाँहरुको सुझावलाई मध्यनजर गरी सोही अनुसारले प्रक्रियालाई अगाडि बढाएका छौं ।”नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रतिनिधि नारायण पाण्डे र नेपाली कांग्रेसका प्रतिनिधि महेश पौडेलले निर्वाचन कार्यालयले गरेको आग्रहका आधारमा स्थानीय तहहरुले पठाएको आधिकारिक पत्र बाहेक अरु मतदानस्थललाई अहिलेको लागि नचलाउन सुझाव दिनुभयो ।

विसं २०७४ को निर्वाचनमा जिल्लामा दुई लाख ७२ हजार २९२ मतदाता सङ्ख्या रहेकोमा अहिले नयाँ दश हजार २६३ जना थप भएको कार्यालयले जनाएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मतदाता नामावलीलाई अद्यावधिक गर्न सबैले सहयोग पु¥याउन आह्वान गर्नुभयो ।

मतदाता नामावली अद्यावधिक गरिँदै

सुदूरपश्चिम– जिल्ला निर्वाचन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा सक्रियता देखाएको छ । कार्यालयले सरोकारवालासँग समन्वय गरी जिल्लाभरी कुन ठाउँमा के कति मतदानस्थल र केन्द्र रहने भनी टुङ्गो लगाइसकेको छ । जिल्लामा साविकको भन्दा चार वटा मतदानस्थल थप्ने व्यवस्था गर्न लागिएको कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।

विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा भएसँगै कार्यालयले निर्वाचनको तयारीमा सक्रियता देखाएको हो । यसै क्रममा आज कार्यालयमा मतदाता नामावली अद्याबधिक लगायतका बारेमा सरोकारवालासँग छलफल गरिएको छ । राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सहभागी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले निर्वाचन सम्पन्न गराउन सरोकारवाला सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।

निर्वाचन कार्यालयका प्रमुख भट्टले निर्वाचनको तयारीका लागि भइरहेको कामबारे जानकारी दिनुभएको थियो । यही माघ १५ गतेदेखि मतदाता नामावली अध्यावधिक९दाबी विरोध समेत० लगायतका काम गर्न लागिएको छ ।पछिल्लो तीन वर्षमा आठ दशमलब पाँच प्रतिशतले मतदाता थपिएका छन् । थपिएका मतदाता समेत गएको गत पुस ५गते सम्म कूल पाँच लाख ४६मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार लाख ६० हजार ५७८ मतदाता रहेका थिए ।
जिल्लामा पुरुषको भन्दा महिला मतदाता बढी छन् । दुई लाख ५६ हजार २०४ महिला मतदाता र दुई लाख ४३ हजार ८३२ पुरुष मतदाता पुगेका छन् । तेस्रो लिङ्गी मतदाता दश जना छन् । जिल्लामा प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र र प्रदेशसभाका दश निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्