शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ: कृष्ण पहाडी



भजनी । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउनुभएको छ ।

समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राख्नुभयो । “राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनःस्थापनाको पक्षमा लाग्न जरुरी छ”, उहाँले भन्नुभयो । समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का पैदा गरेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्