विप्लव समूहका मोरङ इन्चार्ज धनबहादुर विक पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिबन्धित विप्लव समूहका मोरङ इन्चार्ज धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विक शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेका छन् । विकलाई चन्दा लिन आउँदै गर्दा बुढिगंगा गाउँपालिकाको एक उद्योग छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका विकको साथबाट मोटरसाइकल, पेस्तोल, केहि थान सिम कार्ड र अन्य कागजपत्र बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्