प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा आएको छैन, राष्ट्रपतिले फिर्ता लिँदा हुन्छ : अधिवक्ता अर्याल



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधि सभा विघटनविरुद्धको आजको बहसमा रिट निवेदकका पक्षबाट बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । अर्यालले जनताको नासो जनतालाई फर्काउनु पर्ने तर्क गर्दै राष्ट्रपति स्वयंले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा उपयुक्त हुने जनाएका छन् । ‘राष्ट्रपति स्वयं ले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा हुन्छ। राष्ट्रपतिले जनताको नासो जनतामा फर्काउन सक्नुहुन्छ। संसद्लाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ,’ उनले भने।

यस्तै, अर्यालले विगतका सूचना राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै नभई राजपत्रमा प्रकाशित गरिने गरेको जनाएका छन् । तर, यसपटकको निर्णय राजपत्रमा प्रकाशित नगरिएको बताउँदै उनले भने ‘सूचना राजपत्रमा आएको छैन। विगतका सूचना राजपत्रमा आउने गरेका थिए। प्रतिनिधिसभा विघटनको सूचना भने राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै आएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्