भारतले उपहार स्वरुप दिएको कोरोना खोप नेपाल आईपुग्यो (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं । 

भारतले उपहार स्वरुप नेपाललाई दिएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आईपुगेको छ । कोरोनाविरुद्धको १० लाख डोज खोप केहीबेरअघि मात्र एयर इन्डियाको विमानमार्फत नेपाल आइपुगेको हो ।

भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर सो खोपको विकास गरेको हो । कोरोना विरूद्धको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिने छ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने र तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

तस्वीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्