राजदुतावासले सक्रियता देखाउँदा स्पेनका नेपालीहरुमा खुशीयाली



दिपेन्द्र गजुरेल, स्पेन ।

नेपाली राजदुतावासले सक्रियता देखाउँदा स्पेनबासी नेपाली खुशी भएका छन् । विगत लामो समयदेखि स्पेनमा अस्थायी र स्थायी रूपमा बस्दै आएका नेपालीहरूले नेपाल प्रहरीले जारी गरेको कागजपत्र लिगलाइजेशनमा समयसंगै आर्थिक रकमको झन्झटबाट मुक्ति पाएका छन् । नेपाल प्रहरीले जारी गरेको चालचलन प्रमाणपत्रलाई परराष्ट्र मन्त्रालय हुँदै नेपालस्थित स्पेनिस कन्सुलर शाखाबाट प्रमाणित काजजपत्र स्पेनको परराष्ट्र मन्त्रालयबाट लिगलाइजेशन गर्नुपर्ने झन्झट हटेको स्पेनस्थित नेपाली राजदुताबासले जनाएको छ । नेपालका लागि दोस्रो राजदुत दावाफुटी शेर्पाले स्पेन सरकारसंग नेपालीहरूले पाउँदै आएको झन्झटलाई सहज गर्नका लागि छलफल मार्फत् सफल भएको बताइन् ।

नयाँ नियमअनुसार अब स्पेनको रेसिडेन्सी तथा वर्क प्रमिटको लागि चाहिने नेपाल प्रहरीको अनलाईनबाट प्राप्त गरिने चालचलन रिपोर्टमा क्युआरकोड भएकाहरूले सिधै बुझाउन सकिने भएको छ भने क्युआरकोड नभएकाहरूले पुरानै नियमअनुसार गर्नुपर्ने दुताबासले जनाएको छ । नेपाल प्रहरीले जारी गरेको चालचलन रिपोर्ट यसअघि यहाँ ल्याएर ट्रान्स्लेट गरी लिगलाइजेशनको लागि यहाँको परराष्ट्र मन्त्रालयमा बुझाउनुपर्ने ब्यवस्था थियो ।

तर अब नेपाल प्रहरीको अनलाइन सेवाबाट पुलिस रिपोर्ट बनाएर रंङ्गीन प्रिन्ट गरी सधै बुझाउन सकिने ब्यवस्था मिलाएको दुताबासले जनाएको छ । पुलिस रिपोर्ट स्पेनिस भाषामा भने ट्रान्सलेट गर्नुपर्ने पनि दुताबासले जनाएको छ । स्पेनमा अस्थायी रूपमा बसोबास गर्ने नेपालीहरूले यहाँको पहिलो रेसिडेन्सी तथा वर्क प्रमिट अराइगो लिन आवश्यक पर्छ । दुतावासले यस्ता लिगलाइज गर्नुपर्ने कागजात संकलन गरी प्रत्येक सोमवार यहाँको परराष्ट्र मन्त्रालयबाट लिगलाइज गरी नेपालीहरुलाई सहजीकरण गर्दै आएको समेत जनाएको छ । चितवन स्थायी घरभर्इ हाल स्पेनको म्याड्रिड बस्दै आएका रोशन सुवेदीले विगतमा भाषाको समस्या देखि लिगलाइज गर्ने ठाउँ नदेख्दा नेपालीहरूकै सहारा लिदा २० युरो तिरेर गर्नुपर्ने बाध्यताबाट मुक्त भएकोमा खुशी ब्यक्त गरे ।

यसैगरी प्रवासी नेपाली एकता मंञ्च स्पेनका अध्यक्ष हेम शेर्पा भन्छन् , ‘विगतमा नेपाली दुताबासले नेपालीहरू संग सहकार्य भन्दा पनि आफ्नै तौर तरिकाले मनोमानी गर्ने जनगुनासो आए वेवस्था गर्ने दुखमा परेका नेपाली दुताबास पुग्दा निरास भएर फर्किने, समस्याहरूको बारेमा अवगत नगराउदा नसुन्ने परिपाटिको अन्त्य भएको र दुताबासले सक्रियता बढाएकोमा राजदुतलाई धन्यबाद समेत ब्यक्त गरेका थिए ।’

गैरआवासीय नेपाली संगका उपाध्यक्ष उत्तरकुमार राईले नेपाल सरकारले जनमुखी काम गर्दै आइरहेको समयमा प्रवासमा बस्ने नेपालीहरू पनि अनलाईन प्रहरी रिपोट लिन पाएपछि खुशी ब्यक्त गरेको अवस्था थियो तर विभिन्न देशका आआफ्नै नियम कानुन अनुसार उक्त चालचलन रिपोटलाई स्पेनको परराष्ट्रले आनाकानी गर्दै गरेको अवस्था नेपाली दुताबासले थोरै भए पनि राहत पाएकोमा खुशी ब्यक्त गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्