साजिदमाथि सेर्लिन कास्टिङ काउचको आरोेप



बलिउड अभिनेत्री सेर्लिन चोपडाले निर्देशक साजिद खानमाथि कास्टिङ काउचको आरोप लगाएकी छिन्। सेर्लिनले ट्विटरमा आफूले भोगेको घटनाको सनसनीपूर्ण खुलासा गर्दै लेखेकी छिन्– ‘जब म सन् २००५ मा आफ्नो पिताको निधनको केही दिनपछि साजिदलाई भेट्न गएँ, त्यति बेला उनले पाइन्टबाट आफ्नो गोप्य अंग बाहिर निकालेर त्यसलाई समातेर अनुभव गर्न भने।

मलाई अझै याद छ उनको त्यो हर्कतपछि मैले मलाई पुरुषको गोप्य अंग कस्तो हुन्छ भन्ने थाहा भएको तथा उनीसँग भेट्नुको उद्देश्य उनको गोप्य अंग हातमा लिएर अनुभव गर्नु नभएको बताएको थिएँ।’सन् २०१३ माआत्महत्या गरेकी अभिनेत्री जिया खानको जीवनीमा आधारित डकुमेन्ट्री डेथ इन बलिउडमार्फत जिया खानकी बहिनी करिश्माले साजिदमाथि कस्टिङ काउच तथा यौन उत्पीडनको सनसनीपूर्ण आरोप लगाएपछि सेर्लिनले पनि साजिदले आफूमाथि गरेको व्यवहारबारे मुख खालेकी हुन्।

उक्त डकुमेन्ट्रीमार्फत जिया खानको सुसाइड नोटसँग जोडिएका धेरै विषय बाहिर आएको छ भने बलिउड फिल्म उद्योगका केही कालो सत्य पनि बाहिर आएको छ। डकुमेन्ट्रीको दोस्रो एपिसोडमा कुराकानीको क्रममा जियाकी बहिनी करिश्माले भनेकी छिन्– ‘एक फिल्मको रिहर्सलको क्रममा दिदी जिया स्क्रिप्ट पढिरहेकी थिइन्।

त्यही बेला साजिदले दिदीलाई उनले लगाएको टप तथा उनको भित्री बस्त्र उतार्न भने। त्यसपछि उनले के गर्ने भन्ने सोच्नै सकिनन् र घरमा आएर धेरै रोइन्। त्यति बेला उनले भनेकी थिइन्– ‘मैले फिल्मका लागि कन्ट्रयाक्ट गरिसकेकी छु। फिल्म छोडिदिउँ भने साजिदले कि मेरोविरुद्ध मुद्दा हाल्नेछन् कि त मेरो बदनाम गर्नेछन्। दिदीले पछि उक्त फिल्ममा बाध्य भएर काम गरिन्।’

करिश्माले साजिदसँगकोे एक घटनाबारे कुरा गर्दै आफू १६ वर्षको हुँदा दिदी जियाका साथ साजिदको घरमा जाँदा आफूमाथि पनि नराम्रो दृष्टि राख्दै असहज व्यवहार गरेपछि केही बेरमै दिदीका साथ साजिदको घरबाट बाहिरिएको बताएकी छिन्। जियाले सन् २०१० मा साजिदका साथ फिल्म हाउसफुलमा काम गरेकी थिइन्। त्यसको तीन वर्षपछि सन् २०१३ मा आत्महत्या गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्