बैदेशिक रोजगारको समस्या समाधानमा ‘सामी’



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्लामा संचालन भएको सुरक्षित आप्रवासन परियोजना (सामी) को अर्धबार्षिक समिक्षा गरिएको छ । जिल्लाको धुलिखेल र मण्डन देउपुर नगरपालिका, भुम्लु र रोशी गाउँपालिकामा उक्त कार्यक्रम संचालन भएको छ । सिभिक फोरम, सामी परियोजना र हेल्भिट्याटसले बैदेशिक रोजगारको क्रममा नेपाली कामदारले भोग्नु पर्ने समस्या कम गर्ने उदेश्यले पालिकाहरुमा कार्यक्रम लागु गरिएको हो ।

बैदेशिक रोजगारको क्रममा समस्या देखिएका कम्पनीले काम नदिएको, कम्पनीले खान तथा बस्न नदिएको, करार सम्झौता भन्दा तलब कम दिएको, कम्पनीले काम गरेका अवधिको तलब नदिएको, स्वदेश फर्कन नपाएको, विरामी परेको, भिषा सकिएर अलपत्र परेका ब्यक्तिहरुको उद्धार गर्न सहजिकरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले बताउनु भयो ।

परियोजनाले स्थानीय तह मार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम र सुरक्षित आप्रवासन परियोजनासँग समन्वय गरिरहेको छ । परियोजनाले सूचनामा पहँुच, सीपमा पहँुच, न्यायमा पहँुच, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता उपलब्ध गराउँदै आएको कुँवरले बताउनु भयो ।

अर्ध बार्षिक समिक्षा कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्ताेला, जिल्ला समन्वय अधिकारी केशव रिजाल, मण्डन देउपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने लगायतले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

बैदेशिक रोजगार प्रयोजनका लागि जिल्लामा चालु वर्षको ६ महिनामा १ हजार ४ सय ९२ जनाले राहदानी बनाएका छन् । बैदेशिक रोजगारमा गएका ब्यक्तिहरु ठगी वा समस्यामा परेका १८ जनाको उजुरी परेको छ । उजुरीका सन्र्दभमा परियोजना मार्फत केहि समाधान भईसकेका छन् भने केहि प्रकृयामा रहेका छन् ।

धुलिखेल नगरपालिकाको ५ वटा उद्धारको केश रहेको । त्यस मध्ये ३ वटा केश समाधान भएको २ वटा केश प्रकृयामा रहेको छ । मण्डनदेउपुर नगरपालिकाको ७ वटा उद्धारको केश रहेको । त्यस मध्ये ५ वटा केश समाधान भएको २ वटा केश प्रकृयामा रहेको प्रमुख कार्यकारी अधिकृत कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै भुम्लु गाउँपालिकाको २ वटा उद्धारको केश रहेको । त्यस मध्ये १ वटा समाधान भएको १ वटा प्रकृयामा रहेको छ । रोशी गाउँपालिकाको ३ वटा केश उद्धारको केश रहेको । त्यस मध्ये २ वटा समाधान भएको १ वटा प्रकृयामा रहेको छ । बैदेशिक रोजगारीका कारणले तनावमा रहेका परिवारका सदस्यहरुलाई ब्यक्तिगत मनोसामाजिक परामर्श १२ जनालाई उपलब्ध गराईएको छ ।

विप्रेषण प्राप्त गर्ने परिवारका विशेष गरी महिला सदस्यका लागि मनोसामाजिक परामर्श सहितको वित्तिय साक्षरता कक्षा सञ्चालन गरिएको अधिकृत कुँवरले जानकारी दिनुभयो । ३ सय २६ जना रिटर्नी स्वयंसेवक परिचालन गरिएको छ । २ हजार ७ सय ब्यक्तिलाई स्वंयसेवक रुपमा परिचालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्