३७ जनालाई शान्ति समाजको छात्रवृत्ति



काठमाडौं, (नेस)

‘छोरी पढाऔं : गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ ।
दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिका प्रत्येकलाई प्रत्येक वर्ष १२ हजार रुपियाँको छात्रवृत्ति प्रदान गरिने र यो क्रम १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहने जनाइएको छ ।

यस वर्ष मोरङको कटहरी गाउँपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाउँपालिकाको पुरानो दादरवैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकालाई १२ हजारको दरले कुल ४ लाख ४४ हजारको छात्रवृत्ति यसै वर्ष प्रदान गरिने बताइएको छ ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्तिका लागि शान्ति समाजका केन्द्रीय सदस्य रामप्रसाद जोशीले २ जना, शुभचिन्तकहरु अनुजा खनाल थापाले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र एक जना शुभचिन्तकबाट २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्