पञ्चांग निर्णायक समिति नै निस्क्रिय



काठमाडौं, (नेस)

नेपाल पञ्चांग निर्णायक समितिले पञ्चांगकारहरूको पञ्चांग (पात्रो) स्वीकृत गरी प्रकाशनको व्यवस्था गर्नुपर्नेमा निर्णायक समिति नै निस्क्रिय भएको भन्दै नेपालमा रहेका ज्योतिषीय संघ–संस्थाहरूले बुधबार प्रेसविज्ञप्ति जारी गरी विरोध जनाएका छन् ।

नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘यस वर्ष माघको पहिलो हप्तासम्म दुईपटक मात्रै पञ्चांगकारहरूको अनौपचारिक छलफल भएको तर पात्रोको कुनै निर्णय भएको छैन भनेर सुन्दा हामी आश्चर्यचकित भएका छौं’, विज्ञप्तिमा भनिएको छ– ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यथाशीघ्र २०७८ सालको पञ्चांग (पात्रो) प्रकाशनको व्यवस्था मिलाई स्वीकृत गरी नेपाल पञ्चांग निर्णायक समितिलाई सक्रिय पार्नुका साथै सहजीकरण गरेर पात्रो प्रकाशनको व्यवस्था गर्न अपिल गर्दछौं ।’
२०७७ सालको पञ्चांग २०७६ सालको पुस महिनामा नै बजारमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्