ट्रम्पद्वारा आफ्ना पूर्वसल्लाहकारलाई क्षमादान



वासिङ्टन, (एजेन्सी)

अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालका अन्तिम केही घन्टा बाँकि रहेका बेला जालसाजीको अभियोग खेपिरहेका आफ्ना पूर्वसल्लाहकार स्टिभ ब्यान्ननलगायत ७३ जनालाई क्षमादान दिएका छन् । बुधबार मध्याह्न जोय बाइडेनको कार्यकाल शुभारम्भ कार्यक्रम आयोजना हुनुअघि ट्रम्पले अन्य ७० जनाको सजायमा पनि व्यापक हेरफेर गरेका छन् ।

-यापर लि वायनेलाई क्षमादान दिइएको छ भने अर्का -यापर कोडाक ब्ल्याक र डेट्रोइटका पूर्वमेयर क्वामी किल्प्याट्रिकका सजाय परिवर्तन गरिएको छ । तर, ट्रम्पले रक्षात्मक क्षमादान भने आफू वा आफ्नो परिवारका सदस्यहरूलाई भने जारी गरेका छैनन् ।

स्टिभ ब्यान्नन सन् २०१६ को चुनावी अभियानको दौरानमा ट्रम्पका प्रमुख नीतिकार तथा सल्लाहकार रहेका थिए । गत वर्षको अगस्टमा उनलाई अमेरिका–मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि चालिएको अर्थ संकलन अभियानमा घोटाला गरेको अभियोग लगाइएको थियो ।

ब्यान्ननलगायत अन्य तीनजनालाई ‘हामी पर्खाल बनाउँछौं’ अभियानमा लाखौं अमेरिकी डलर हिनामिना गरेको अभियोग लागेको थियो । ब्यान्ननलाई १० लाख डलर निजी प्र्रयोजनमा खर्च गरेको आरोप लगाइएको हो । तर, उनले आफूविरुद्ध लगाइएका अभियोग अस्वीकार गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्