राजपरिवारको अपमान गर्नेलाई ४३ वर्ष कैद



बैंकक, (एजेन्सी)

थाई शाही परिवारको आलोचना गरेको अभियोगमा एकजना थाई महिलालाई अदालतले ४३ वर्ष लामो कारावास सजाय सुनाएको छ । थाइल्यान्डमा लेसे म्याजेस्टे कानुनअनुसार अहिलेसम्म सुनाइएको यो सबैभन्दा लामो कैद भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

‘आन्चन’ नामक ती ६३ वर्षीया पूर्वनिजामती कर्मचारीले सामाजिक सञ्जालमा थाई राजपरिवारको अपमान हुने खालका श्रव्य सामग्रीहरू पोस्ट गरेकी थिइन् । तर, उनले आफूले ती सामग्री चुपचाप अपलोड गरे पनि तिनका बारे कुनै टिका टिप्पणी नगरेको बताएकी छन् । थाइल्यान्डको लेसे म्याजेस्टे कानुन विश्वकै सबैभन्दा कडा मानिन्छ ।

तीन वर्षसम्म निष्क्रिय रहेको सो विवादास्पद कानुनलाई थाइल्यान्डले सरकारविरोधी विरोध प्रदर्शन दबाउने उद्देश्यले गत वर्षको उत्तराद्र्धमा पुनः ब्युँताएको थियो । सो विरोध प्रदर्शनमा राजतन्त्रमा परिवर्तनहरूका लागि मागका आवाज उठेको थियो ।

आन्चनका वकिलले उनलाई सन् २०१४ देखि २०१५ का बीच युट्युब र फेसबुकमा प्रचलित कानुन उल्लंघन गरी क्लिपहरू सेयर र पोस्ट गरेका २९ वटा छुटाछुटै अभियोगमा दोषी ठह-याइएको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्