राजपरिवारको अपमान गर्नेलाई ४३ वर्ष कैद



एजेन्सी । थाइ शाही परिवारकोआलोचना गरेको अभियोगमा एकजना थाइ महिलालाई अदालतले ४३ वर्ष लामो कारावास संजाय सुनाएको छ । थाइल्यान्डमा लेसे म्याजेस्टे कानुन अनुसार अहिले समम सुनाइएको यो सबैभन्दा लामो कैद भएको स्थानिय संचार माध्यमले जनाएको छ ।

आन्चन नामक ति ६३ वर्षिया पुर्व निजामती कर्मचारीले समाजिक संजालमा थाइ राजपरिवारको अपमान हुने खालका श्रव्य सामग्रीहरु पोस्ट गरेकी थिइन् । तर उनले आफुले ति सामग्री चुपचाप अपलोड गरेपनि तिनकाबारे कुनै टिका टिप्पणी नगरेको बताएकीछन् । थाइल्यान्डको लेसे म्याजेस्टे कानुन विश्वकै सबैभन्दा कडा मानिन्छ ।तीन वर्ष सम्म निष्कृय रहेको सो विवादास्पद कानुनलाई थाइल्यान्डले सरकार विरोधि विारोध प्रदर्शन दवाउन उद्देश्यले गत वर्षको उत्तरार्धमा पुन ब्युँताएको थियो ।

सो विरोध प्रदर्शनमा राजतन्त्रमा परिवर्तनहरुका लागि मागका आवाज उठेको थियो । आन्चनका वकिलले उनलाई सन् २०१४ देखि २०१५ बिच युट्युव र फेसबुकमा प्रचलित कानुन उल्लंघन गरी क्लिपहरु सेयर र पोस्ट गरेका २९ वटा छुटाछुटै अभियोगमा दोषि ठहराइएको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्