ट्रम्पद्वारा आफ्ना पुर्व सल्लाहकारलाई क्षमादान



वासिंगटन,(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालका अन्तिम केहि घन्टा बाँकि रहेकोबेला जालसाजीको अभियोग खेपिरहेका आफ्ना पुर्व सल्लाहकार स्टिभ ब्यान्नन लगायत ७३ जनालाई क्षमादान दिएका छन् ।

बुधवार मध्यान्ह जोय बाइडेको कार्यकाल शुभारम्भ कार्यक्रम आयोजना हुनु अघि ट्रम्पले अन्य ७० जनाको संजायमा पनि व्यापक हेरफेर गरेका छन् । ¥यापर लि वायनेलाई क्षमादान दिइएको छ भने अर्का ¥यापर कोडाक ब्ल्याक र डेट्रोइटका पुर्व मेयर क्वामी किल्प्याट्रिकका संजाय परिवर्तन गरिएको छ । तर ट्रम्पले रक्षात्मक क्षमादान भने आफु वा आफ्नो परिवारका सदस्यहरुलाई भने जारी गरेको छैन ।

स्टिभ ब्यान्नन सन् २०१६ को चुनावी अभियानको दौरान ट्रम्पका प्रमुख नीतिकार तथा सल्लाहकार रहेका थिए । गत वर्षको अगष्टमा उनलाई अमेरिका – मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि चालिएको अर्थ संकलन अभियानमा घोटाला गरेको अभियोग लगाइएको थियो ।

ब्यान्नन लगायत अन्य तीनजनालाई ‘ हामी पर्खाल बनाउँछौं ’ अभियानमा लाखौं अमेरिकी डलर हिनामिना गरेको अभियोग लागेको थियो । ब्यान्ननलाई १० लाख लर निजी प्रयोजनामा खर्च गरेको अरोप लगाइएको हो । तर उनले आफु विरुद्ध लगाइएका अभियोग अस्विकार गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्