पिताद्वारा छोराको हत्या पछि आत्महत्या



एजेन्सी । हत्या तथा आत्महत्या प्रकरणमा अमेकिामा पायर्स ओ लोग्लिन नामक एक नौ वर्षिय बालक आफ्नै पिताद्वारा मारिएका छन् ।

बुधवार अपरान्ह सान फ्रान्सिस्कोको मरिना डिष्ट्रिक्टको स्कट स्ट्रिट स्थित तिनीहरुको आफ्न ैनिवासमा ति बालक र उनका ४९ वर्षिय पिता स्टेफन ओ लोग्लिनलाई मृत अवस्थामा फेला पारिएको सान फ्रान्सिस्को क्रोनिकलले जनाएको छ । ति बालककी आमा लस्ली हुले त्यो दिन छोरो बिद्यालय नपुगेकाले उनको हालखवर बुझिदिन स्थानिय निकायलाई अनुरोध गरेकी थिइन् । ति पिताले थुप्रैपटक छोरोलाई गोली हानी सकेपछि सोहि बन्दुकले आफुलाई पनि होनेर आत्महत्या गरेको अनुमान गरिएको छ ।

हु र ओ लोग्लिनबिच सन् २०१६ मा पारपाचुके भएको थियो । तिनीहरुबिच छोरोको विषयमा कानुनी लफडा चलिरहेको थियो । गत वर्ष हुले छोरोलाई आफैंले मात्र स्याहार्न पाउँ भन्दै अदालतमा मुद्धा दायर गरेकी थिइन् । उनले आफ्नो पुर्व पति खोप अभियानको विरोधि भएको र उनले खोप लगाउँदा विभिन्न साइड इफेक्ट हुने धारणा पाल्ने गरेको पनि उल्लेख गरेकी थिइन् ।

साँच्चै उनले हुको इच्छा मुताबिक छोरोलाई कोरोना भाइरस विरुद्ध खोप लगाउन नदिएको बुझिएको छ । हुको वकिल लोरी नाच्लिसले ओ लोग्लिन मानसिक रुपमा अस्वस्थ रहेका र घरेलु हिंसामा ओर्लेको अरोप लगाएकी छिन् । नाच्लिसले हुलाई दुख दिने उद्देश्यले नै उनले छोरोको हत्या गरेको हुनपर्ने पनि बताएकीछन् ।

प्रतिक्रिया दिनुहोस्