आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर एक युवकको मृत्यु



पाल्पा  । पाल्पामा आफैले चलाएको भरुवा बन्दुकले लागेर पाल्पामा एक युवकको ज्यान गएको छ भने माटोको ढिस्कोले च्याप्दा एक व्यक्ति घाइते भएका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार को पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको आफैले चलाएको भरुवा बन्दुकले लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बुधबार बिहान ३ बजेको समयमा उनका दाजु नरबहादुर सारुले भरुवा बन्दुकको आवाज सुनी भान्सा कोठामा गई हेर्दा भाई वीरबहादुरको ज्यान गइसकेको थियो ।मृतक राना मानसिक सन्तुलन ठीक नभएको अविवाहित रहेको जनाइएको छ । उनले एक नाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ ।

उनी मंगलबार साँझा घरबाट हिँडेको र बुधबार बिहान एक्कासी भरुवा बन्दुकको आवाज आई भान्सा कोठामा गई हेर्दा मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले प्रहरीलाई जानकारी गराएको छ । यद्यपी घटनाको थप अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ । अहिले भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।उता पूर्वी पाल्पाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक व्यक्ति घाइते भएका छन् ।

रामपुर नगरपालिका १ स्याउलिबजार स्थित कालिगण्डकी करिडोरको बाटो खन्ने क्रममा सल्यान बाघचौर नगरपालिका १ का ४७ वर्षीय भोग बहादुर बस्नेत घाइते भएका हुन् बाटो खन्दै गर्दा माथिबाट एक्कासी माटोको ढिस्को खस्न गई बस्नेतलाई च्यापेको थियो । ढिस्कोले च्याप्दा उनी गम्भीर घाईते भएका छन् । घाइते उनलाई उपचारका लागि तानसेन ल्याउदै गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्