सिन्धुलीबाट भरुवा बन्दुक बरामद



सिन्धुली । सिन्धुलीमा लुकाइ राखेको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

गोलन्जोर गाउँपालिका-१ भज्याङखानी बस्ने धन बहादुर सुनुवारको घरबाट १ थान एकनाले भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद हाे  ।

सुनुवारले आफ्नै श्रीमतीलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ग्वालाटरबाट खटिएको प्रहरीले सुनुवारको घरबाट उक्त बन्दुक फेला पारी बरामद गरेको हो । हाल फरार रहेका सुनुवारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्