रुपन्देही नदी किनारमा एक युवकको जलाएर हत्या



बुटवल । रुपन्देहीमा शरीरमा मट्टितेल खन्याएर युवकको जलाएर हत्या भएको छ । जिल्लाको मर्चवारमा एक युवकको जलाएर हत्या भएको हो । प्रहरीका अनुसार हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुष हुन्, उनको सनाखत हुन बाँकी रहेको छ ।

मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देही प्रहरीले जनाएको छ । घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्