चीनियाँ अर्बपति ‘ज्याकमा’ पुन: सार्वजनिक, अलिबाबाको सेयर भाउमा उछाल



काठमाडौं  । विगत केही महिनादेखि सार्वजनिक कार्यक्रममा देखा नपरेका चिनियाँ अर्बपति ज्याक मा पुनः सार्वजनिक भएका छन् । उनी सार्वजनिक काार्यक्रममा देखिएपछि  अलिबाबाको सेयर भाउमा उछाल आएको छ । चिनियाँ सामाजिक सञ्चालमा ज्याक मा सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो बाहिरिएको छ ।

माले आफ्नो लोक कल्याणकारी संस्था ‘ज्याक मा फाउन्डेसन’ को आयोजनामा ग्रामीण भेगका शिक्षकहरुलाई सम्बोधन गरेका थिए । हराएको खबर बाहिरिएको झण्डै ३ सातापछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । अलिबाबा र एन्ट ग्रुपका संस्थापक चिनियाँ अर्बपति ज्याक मा नोभेम्बरदेखि सार्वजनिक कार्यक्रमहरुमा देखा नपरेपछि बेपत्ता भएको आशंका गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्