बाघ मारेको आरोपमा युनाइटेड फाइनान्सका सिइओले तिरे साँढे ६ लाख जरिवान



कृष्णउदास खनाल ,वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडकमा कारको ठक्करबाट गत पुस १८ गते बिहान ठक्कर दिने कारका चालक अजय मिश्रलाई जिल्ल अदालत बाराले रिहा गरेको छ ।

यूनाइनेट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत रहेका मिश्रलाई बारा जिल्ला अदालतले ६ लाख ५० हजार रुपैया धरौटी लिइ साधारण तारेखमा रिहा गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश यादवले जानकारी दिनुभयो ।यही माघ ५ गते बारा अदालतले मिश्रलाई धरौटी बापतको रकम लिइ तारिखमा छाड्न निकुञ्जनलाई आदेश दिएपछि उनी रिहा भएको यादवले बताउनुभयो । त्रिभुवन राजपथअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बाराको पथलैया अमलेखगञ्ज सडकखण्डको आधाभार नजिकको जंगलमा उनले चलाएको कारले ठक्कर दिँदा पोथी पाटे बाघको मृत्यु भएको थियो ।

हेटौंडाबाट सर्लाही जाँदै गरेका मिश्र सवार रहेको बा १६ च ८११ नम्बरको कारले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेको बाघको घटनास्थलमै मृत्यु भएको थियो । बाघलाई ठक्कर दिए लगतै कार चालक अजय मिश्रले आफैँ प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । मिश्रलाई निकुञ्जले आफ्नै हिराशतमा राखेर अनुसंधान गरिरहेकोमा निकुञ्जको हिराशतमा रहेका मिश्र १६ दिनपिछ रिहा भएका हुन् ।नोपलमा बन्यजन्तु संरक्षण ऐन अनुसार यस्ता लोपउन्मुख जनावर मारेको दोषी देखिए १५ बर्षसम्मको कैद सजायँ हुन सक्ने ब्यवस्था छ । सन् २०१८ मा गरिएको गणना अनुसार पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा १८ वटा बाघ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्