कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



न्युज अफ नेपाल, काठमाडौ ।

सरकारले गरेको कृष क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्न माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडासहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।  उक्त रिट निवेदनमा सुनुवाई गर्दै  न्यायाधीश डा . मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘कृषिका प्राथमिक उत्पादन क्षेत्रको व्यवसायलाई समेत समेट्ने गरी त्यस्ता व्यवसायलाई समेत वैदेशिक लगानी अनुमति दिनेगरी ऐनको अनुसूचीका संशोधन गर्ने कार्य ऐनको उद्देश्य अनुकुल रहेको नदेखिँदा नेपाल राजपत्र २०७७ पुस २० मा प्रकाशित खण्ड ७०, संख्य ७६ को नेपाल सूचना यो निवेदनको टुंगो नलागेसम्म कार्यन्वयन नर्गनू नगराउनू । ’   आत्मनिर्भरता उन्मुख अर्थतन्त्रमा विदेशीलाई ल्याउन खोजेको  नेपाली कृषि व्यवसाय धारासायी बनाउन सरकारले यस्तो निर्णय गरेको भन्दै कृषि उद्यमीहरु आन्दोलित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्