शिशु दुई महिनादेखि अपहरणमा : शिशु खाज्न पालिकाको सक्रियता



हेटौंडा, (नेस) ।

चार महिने शिशु दुई महिनादेखि अपहरणमा परेपछि गाउँपालिकाले सक्रियता देखाएको छ । शिशु खोज्न पालिकाबाट टोली भारतको शंकास्पद् स्थानमा जाने निधो भएको हो । ‘मंसिर ३ गतेको घटना रहेछ । हामीलाई पुस १७ गतेमात्र जानकारी भयो । खोजी कार्य भएको हो’, पश्चिम मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भन्नुभयो–नाता पर्नेले नै लिएर गएको भन्ने जानकारी आएको छ । सुनौली नाका हुँदै राजस्थान गएको बुझिएको छ ।

उहाँले गाउँपालिकाका नागरिक अपहरणमा परेकाले उद्धार गर्नु आफूहरुको दायित्व भन्दै लागेको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने गरी टोली राजस्थान जाने बताउनुभयो । भारतीय प्रहरी तथा दिल्लीमा रहेको माइती नेपालस“ग समन्वय गरी टोली शिशुको उद्धारमा जाने उहाँले बताउनुभयो । अपहरणमा परेका शिशुका सम्पूर्ण कागजात र प्रहरीसहित ५ जनाको टोली राजस्थान जाने भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–६, जोगीतालका शिशु अपहरणमा परेका हुन् । जोगीतालका सोमबहादुर तामाङ र सीतामाया तामाङका छोरा कृष्ण मंसिर ३ गते साँझदेखि हराएकोमा हालसम्म फेला पर्न सकेका छैनन् । घरमा ओहोरदोहोर गर्ने एक निसन्तान आफन्तले अपहरण गरेर भारतको राजस्थान पु-याएको हुनसक्ने आशंका गरिएको छ । आशंकाबमोजिम प्रहरीले अनुसन्धान गर्दा शिशुलाई राजस्थान पु-याइएको पाइएको छ ।

बुबाआमा घरनजिक शौचालय बनाउने काम गरिरहेको अबस्थामा चितवन घर भएर भारत बस्दै आएकी एक आफन्त महिलाले शिशुलाई खेलाइरहेकी थिइन् । साँझ ६ बजेतिर सुताएर राखेको कोक्रो र घरमा हेर्दा शिशु देखिएनन् । ‘बच्चा खेलाइरहेका आफन्त बस्ने गरेको घरको कोठा खानतलासी गर्दा उनका सामान नभेटेपछि उनैले लगेको हुनसक्ने भन्दै प्रहरीलाई खबर ग-यौं,’ शिशुका बुबा सोमबहादुरले भन्नुभयो–ती महिलाले भारतको राजस्थान पु-याएको जानकारी पाएका छौं ।

अपहरणमा परेका छोराको उद्धार गरिदिन परिवारले प्रहरी तथा पालिकासहित बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थासँग गुहार माग्दै आएको छ । ज्याला÷मजदुरी गरी जीविकोपार्जन गर्दै आएका तामाङ परिवारको आर्थिक अबस्था कमजोर छ ।

प्रतिक्रिया दिनुहोस्