मेगा बैंकबाट वीच्याट–पे भुक्तानी हुने



काठमाडौं, (नेस)

मेगा बैंक नेपालले चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताले मेगा बैंकअन्तर्गतका मर्चेन्टमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीले अब विभिन्न सामग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्