फोरजीमा सिम अपग्रेड गर्दा एनसेलमा निःशुल्क डाटा



काठमाडौं, (नेस)

एनसेल आजियाटाले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ । यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरबी डेटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो योजना एनसेलले आफ्नो नया“ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो ।

सिम अपग्रेड गर्न ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेतामार्फत आफ्नो सिमकार्ड बिना कुनै शुल्क फोरजीमा अपगे्रड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर दु्रतगतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्छन् ।

यो योजनाअन्तर्गतको बोनस फोरजी डेटा सात दिनको लागि मान्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका छन् ।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउ“ हुनुपर्दछ । ग्राहकले आफूले प्रयोग गरेको सिम कार्ड फोरजी सिमहो कि होइन भनेर एस्ट्रिक्स ३२४ ह्यास डायल गरी वा अंग्रेजीमाअक्षर ठूलो ‘क्यिू’ लेखी ३२४ मा एसएमएस पठाई स्टेटस् थाहा पाउन सक्छन्

प्रतिक्रिया दिनुहोस्