सुजुकी डिजायरको नयाँ कार आयो



काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङस्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ । २०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको कम्पनीले जनाएको छ ।

‘हामीले सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं । बेस्ट इनक्लास फिचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको छ ।’

सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भन्नुभयो– ‘२०२१ डिजायरमा सेग्मेन्टमै पहिलोपटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको छ ।

स्टार्ट–स्टप फंक्सनसहितको के सिरिज डुअल जे, डुअल भीभीटी बीएस ६ पेट्रोल इन्जिनले नयाँ डिजायरलाई कम उत्सर्जन र उच्च माइलेजसहितको डिजायरेबल कार बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्