फरार तीन अभियुक्त पक्राउ



हेटौंडा, (नेस)

जिल्ला अदालत मकवानपुरको २०६८ फागुन २९ गतेको फैसलाले लागूऔषध हेरोइन मुद्दामा १० महिना १७ दिन कैद तोकी फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । हेटौंडा–१ बस्ने वर्ष २९ का सुदीप भनिने सुजित लामालाई आइतबार हेटौंडा–१ कै चौकीटोलबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको हो ।

जिल्ला अदालत मकवानपुरकै २०७३ साउन २५ गतेको फैसलाले लागूऔषध मुद्दामै २ महिना कैद र २ हजार जरिवाना तोकी फरार रहेका हेटौंडा–१० बस्ने वर्ष २२ का युनिक लामालाई मंगलबार हेटौंडा–४ स्थित बजारबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको छ ।

त्यस्त, ज्यान मार्ने उद्योगमा फरार अभियुक्त गोविन्द तितुङलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएर अदालतको आदेशले थुनामा राख्न कारागार कार्यालय भीमफेदी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्