प्रतिनिधिसभा विघटन हुन नदिन संविधानमा सुधार



काठमाडौं, (नेस)

विगतमा प्रतिनिधिसभा विघटन गरिएकाले हाल त्यस्तो हुन नदिन संविधानमा सुधार गरिएको मंगलबार सर्वोच्च अदालतमा बहस गर्ने कानुन व्यवसायीहरुले उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध मंगलबार पनि सर्वोच्चमा बहस जारी रहेको क्रममा कानुन ब्यवसायीहरुले सो उल्लेख गरेका हुन् ।

सो विवादमा बहस गर्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन गर्ने विगतको परम्पराकै कारण हालको संविधानमा सो व्यवस्था हटाइएको बताउनुभयो । उहाँले संविधान निर्माण गर्दा निर्माण गर्नेको मनसाय बुझ्नुपर्ने उल्लेख गर्नुभयो । २०४७ सालको संविधानअनुसार प्रायः प्रतिनिधिसभा विघटन गरिएकाले पनि सो संविधान असफल भएको उहाँले स्पष्ट गर्नुभयो ।

बहसका क्रममा अधिवक्ता डा. रुद्र शर्माले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना नगर्दा सडकबाट पुनस्र्थापना गर्नुपरेको दृष्टान्त उल्लेख गर्नुभयो । बहस आज बुधाबार पनि जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्