डडेल्धुरामा ट्याक्टर दुर्घटना : १ को मृत्यु, ५ घाइते



राम धामी, डडेल्धुरा ।

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकामस्थित अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब दिउसो ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ गणेशबहादुर ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा परि अमरगढी नगरपालिका–२ का बर्ष ३५ का सुरेश भण्डारी, बर्ष ३२ का तिर्थ केसी, बर्ष ४५ का सुरेश भट्ट, बर्ष ५० का दलबहादुर थापा र ट्रयाक्टर चालक ४० बर्षका रामभरोस राना रहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । उनीहरुको उद्वार गरि डडेल्धुरा अस्पतालमा उपचार भईरहेको र सबैको अवस्था सामान्य रहेको उनले बताए । दुर्घटना के ती कारणले भएको हो खुल्न नसकेको र घटनास्थलमा पुगेर प्रहरीले सुक्षम अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्