सेयर बजारमा ५ अंकको गिरावट



न्युज अफ नेपाल, काठमाडौँ ।

साताको पहिलो र दोस्रो दिनमा लगातार वृद्धि भएको शेयर बजारमा आज सामान्य गिरावट आएको छ ।

लगातार बढेर सोमबार २३ सय ३२ विन्दुमा विन्दुमा पुगेको नेप्से आज पाँच दशमलव ५७ अङ्कले घटेर २३ सय २६ दशमलव ९० विन्दुमा झरेको छ । आज कुल २ सय ६ कम्पनीको शेयर कारोबार भएको छ । आज ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँमा १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर खरिदबिक्री भएको जनाइएको छ ।

आज व्यापार, वित्त र जीवन बीमाको शेयर बाहेक अन्य सबै परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ९१ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पूँजीकरण ३१ खर्ब ३४ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्