थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ डिस्चार्ज, ४ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घन्टामा देशभर थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप ४४१ जना डिस्चार्ज भएका छन् । भाइरस मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ ।

सोही अवधिमा थप ४ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ९ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्