ललितपुरमा एक दम्पती मृत भेटिए



न्युज अफ नेपाल, काठमाडौँ ।

ललितपुरमा डेरा गरि बस्दै आएका एक दम्पति मृत अवस्थामा भेटिएका छन् । चाँगाथलीस्थित सप्तरीको राजबिराज नगरपालिका ३ मा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २० वर्षीया श्रीमती निर्मला खनाल पोखरेल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बाबु आमासहित फ्ल्याटमा बस्दै आएका उनीहरु आफ्नो कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएका हुन् । घटनास्थलमा सेल्फस नामक बिषादीको २ वटा खाली बट्टा भेटिएको प्रहरीले जनाएको छ । उनीहरुले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्